नियम ४३
जायजेथाबाट क्षतिपूर्ति असुल गरिने
(१) क्षतिपूर्ति बुझाउनु पर्ने सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकले नियम ४२ बमोजिमको म्यादभित्र क्षतिपूर्तिको रकम नबुझाएमा त्यस्तो क्षतिपूर्ति पाउने व्यक्ति वा संस्थाले सो म्याद नाघेको तीस दिन भित्र त्यस्तो क्षतिपूर्ति बुझाउनु पर्ने दायित्व भएको व्यक्ति, संस्था वा प्रस्तावकको जायजेथा खुलाई क्षतिपूर्ति असुल गरी पाउन.नियम ४१ को उपनियम (१) बमोजिमको निकाय वा अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।

(२): उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएकोमा त्यस्तो निकाय वा अधिकारीले क्षतिपूर्ति बुझाउने दायित्व भएको व्यक्ति, संस्था बा प्रस्तावकको जायजेथा प्रचलित कानून बमोजिम लिलाम बिक्री गरी क्षतिपूर्तिको रकम भराई दिई बाँकी रकम सम्बन्धित व्यक्ति, संस्था बा प्रस्तावकलाई फिर्ता दिनु पर्नेछ ।